प्रियंकाले लस एन्जलसमा देखाइन् ‘लास्ट फिल्म सो’

हिमाल प्रेस २५ पुष २०७९ १३:०७
4
SHARES
प्रियंकाले लस एन्जलसमा देखाइन् ‘लास्ट फिल्म सो’

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडा हिजोआज निकै खुसी छन्। गुजराती फिल्म ‘छेल्लो सो (लास्ट फिल्म सो)’ उनको खुसीको कारण हो।

फिल्म भारतका तर्फबाट अस्करका लागि आधिकारिक रूपमा सिफारिस भएको छ। ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा छनोट भएको फिल्मले अस्करमा पुरस्कार जित्ने अपेक्षा लाखौँ भारतीयजस्तै प्रियंकाको पनि रहेको छ।

उनले आफ्नो लस एन्जलसको घरमा सो फिल्म देखाएकी छन्। साथै, फिल्मका कलाकारलाई पार्टीसमेत दिएकी छन्। इन्स्टाग्राममा प्रियंकाले साझा गरेका तस्बिरमा उनी फिल्मका निर्देशक, कलाकार र निर्मातासँग देखिएकी छन्।

प्रियंकाले भारतीय फिल्मका कलाकारलाई आफ्नो घरमा स्वागत गरेकोमा धेरैले उनको प्रशंसा गरिरहेका छन्। विदेशिए पनि उनले भारतीय संस्कार नबिर्सेको कतिपयको भनाइ छ। यसो गरेर उनले भारतीयहरूको मन जितेकी छन्।

प्रियंकाको मात्र प्रशंसा भइरहेको छैन, उनले पनि फिल्म र त्यसका कलाकारको तारिफ गरेकी छन्। ‘लास्ट फिल्म सो’ मात्र होइन भारतबाट फिल्म ‘आरआरआर’ पनि अस्करका लागि सिफारिस भएको छ।

प्रकाशित: २५ पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =