![यस्तो देखियो वर्षापछि शिक्षक आन्दोलन [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/04/teacher-kathmandu-rain-3.jpeg)
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा ९ दिनदेखि काठमाडौँ जारी शिक्षक आन्दोलन आज वर्षाले प्रभावित बनाएको छ।
नयाँ बानेश्वर–माइतीघर सडकमा बिहान ११ बजेदेखि मध्यान्ह ४ बजेसम्म हुने आन्दोलन वर्षाका कारण आज ३ बजे नै प्रभावित भएको हो। वर्षापछि शिक्षक कर्मचारीहरू तिरबितर भएका थिए। छाता नहुनेहरू ओत लागेका थिए।
नेपाल सरकार र महासंघबीच विगतमा पटकपटक भएका सहमति अनुसार अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग राखेर शिक्षक कर्मचारीहरूले यही चैत २० गते काठमाडौँमा सडक आन्दोलन सुरु गरेका थिए।
यसबीचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनपटकसम्म वार्तामा बोलाएको छ। शिक्षा मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको भन्दै आज साँझ छलफलमा जाने महासंघले जनाएको छ।
शिक्षा ऐन जारी नभएसम्म आन्दोलन हुने महासंघको भनाइ छ।