आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ : ढकाल

हिमाल प्रेस २८ चैत २०८१ १५:४६ | Thursday, April 10, 2025
आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ : ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको बताएका छन्।

बिहीबार काठमाडौँमा महासंघको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने लागेको भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले निजि क्षेत्रको आग्रहमा करिब ३५ वटा कानुनमा सुधार भएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको भन्दै सरकारलाई धन्यवाद दिए।

अध्यक्ष ढकालले निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुन नहुनेमा जोड दिए। उनले सरकार र निजि क्षेत्रको संयुक्त प्रयासमा दोहोरो अंकको वृद्धि सम्भव रहेको बताए।

कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासंघका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो।

प्रकाशित: २८ चैत २०८१ १५:४६ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast