प्रदर्शनरत फिल्म ‘अञ्जिला’ले कमायाे ७ कराेड ५० लाख

हिमाल प्रेस २८ चैत २०८१ १५:०८ | Thursday, April 10, 2025
प्रदर्शनरत फिल्म ‘अञ्जिला’ले कमायाे ७ कराेड ५० लाख

काठमाडौँ- गत फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ पाँचौँ सातामा प्रवेश गरेको छ। फिल्मले देशभर करिब ५० सो प्राप्त गरेको निर्माण टिमले जनाएको छ।

सुचना तथा सञ्चार मन्त्रालयको बक्स अफिस रिपोर्टअनुसार फिल्मले अहिलेसम्म ७ करोड ५० लाख ग्रस कलेक्सन गरेको छ। फिल्म हलमा चलिरहेकोले केही व्यापार बढ्ने टिमको अपेक्षा छ।

मिलन चाम्स निर्देशित फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ।

फिल्मकाे मुख्य भूमिकामा एञ्जिला स्वयं छिन्। फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनमा गर्नुपरेकाे संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। एञ्जिलासहित फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ।

प्रकाशित: २८ चैत २०८१ १५:०८ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast