
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले फेरि हार व्यहोरेको छ। मंगलबार बेलुकाको पन्जाव किंग्सविरुद्धको खेलमा चेन्नई १८ रनले पराजित भएको हो।
पन्जावले दिएको २२० रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन मात्र बनाउन सक्यो। चेन्नईका डेभोन कन्वे ६९ रन बनाउँदै रिटायर्ड हर्ट भए। शिवम दुवेले ४२ र ओपनर रचिन रविन्द्रले ३६ रन थपे। महेन्द्र सिंह धोनी २७ रन बनाउँदा क्याच आउट हुन पुगे।
टस जितेर ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१९ रनको योगफल तयार पारेको थियो। पन्जावका लागि शतकीय पारी खेल्दै १०३ रन बनाए। सशान्क सिंह ५२ र मार्को जेनसन ३४ रनमा अविजित रहे।
जितसँगै चार खेलबाट ६ अंक भएको पन्जाव चौथो स्थानमा छ। समान खेलबाट समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै लखनउ पाचौँ स्थानमा रहेको छ।