परमादेशबाट खडा भएको गठबन्धनलाई ढाल्नु एमालेको सफलता : ओली

हिमाल प्रेस २४ पुष २०७९ १६:१०
6
SHARES
परमादेशबाट खडा भएको गठबन्धनलाई ढाल्नु एमालेको सफलता : ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट खडा गरिएको गठबन्धन ढाल्नु आफ्नो पार्टीको सफलता भएको बताएका छन्।

पार्टी जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनलाई एमालेले परास्त गर्छ भन्ने निर्वाचनअघि आफूले गरेको घोषणा निर्वाचनपछि पूरा गरेर देखाएको ओलीको भनाइ छ।

कम्युनिस्ट आन्दोलनलाई सिध्याउने विदेशी शक्तिहरूको षडयन्त्रले बनेको परमादेशी गठबन्धन एमालेले भत्काएको उनले दाबी गरे।

‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई ढाल्यौं। अब नयाँ जनादेशअनुसार सरकार बनाउँछौं । हामीले यसै भनेर चुनावमा गएका थियौं, त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरियो,’ ओलीले भने।

प्रकाशित: २४ पुष २०७९ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =