प्रतीकात्मक तस्बिर।
काठमाडौँ- अर्घाखाँचीमा नदीको पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भुमिकास्थान-१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली छन्।
पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत जानकारी दिए।
प्रकाशित: १७ चैत २०८१ ७:४९ | Sunday, March 30, 2025
प्रतिक्रिया



