टेकु अस्पतालबाट पक्राउ परे रवीन्द्र मिश्र र धवलशमशेर

हिमाल प्रेस १५ चैत २०८१ २३:०६ | Friday, March 28, 2025
टेकु अस्पतालबाट पक्राउ परे रवीन्द्र मिश्र र धवलशमशेर

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। उनीहरूलाई टेकु अस्पताल परिसरबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए।

मिश्र र राणा शनिबार दिउँसो काठमाडौँमा भएको आन्दोलनका क्रममा घाइते भएर उपचार गराइरहेकाहरूलाई भेट्न टेकु अस्पताल पुगेका थिए।

तामाङले दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएको बताए पनि उनीहरूलाई कहाँ राखिएको छ भन्ने बारेमा केही खुलाएनन्। उनीहरूलाई शनिबार काठमाडौँमा भएको हिंसात्मक घटनाको नेतृत्व गरेको आरोपमा पक्राउ गरिएको हो। राणा संघीय प्रतिनिधिसभाका सांसद हुन्।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रकाशित: १५ चैत २०८१ २३:०६ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast