प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

हिमाल प्रेस १४ चैत २०८१ १६:२७ | Thursday, March 27, 2025
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रतिनिधिसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै नबसी स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो। २ बजे पनि बस्न नसकेपछि शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद् सचिवालयले जनाएको छ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि विपक्षी दलहरूले सदन र सडकबाट विरोध जनाएका छन्। विपक्षी दलहरूले घिसिङलाई बर्खास्त गर्नुपर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन्।

प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध कायम राख्ने उनीहरूको अडान छ। विपक्षी दलको अडानका कारण बुधबार र बिहीबार संघीय संसद्का दुवै सदनका बैठक स्थगित भएका हुन्। बिहीबार राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै विपक्षी अवरोधका कारण स्थगित भएको थियो।

प्रकाशित: १४ चैत २०८१ १६:२७ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast