संसद् अवरोध खुलाउन सभामुखको पहल, सचेतकसँग छलफल

हिमाल प्रेस १४ चैत २०८१ ११:३९ | Thursday, March 27, 2025
संसद् अवरोध खुलाउन सभामुखको पहल, सचेतकसँग छलफल सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्ष दलले गरेको अवरोध खुलाउने प्रयास गरी राखेका छन्।

बुधबार संसद्को कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची थियो। तर अहिलेसम्म बैठक बसेको छैन। बैठक अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरि राखेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुसँग छलफल जारी रहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेका छन्। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ।

प्रकाशित: १४ चैत २०८१ ११:३९ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast