जबर्जस्ती अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको म्यानमारबाट उद्धार

हिमाल प्रेस १३ चैत २०८१ २०:५२ | Wednesday, March 26, 2025
जबर्जस्ती अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको म्यानमारबाट उद्धार प्रतिकात्मक तस्बिरः एएफपी।

काठमाडौँ- म्यानमारमा जबर्जस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका चार जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। म्यानमारको मेवाडीबाट उद्धार गरेर टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएर बुधबार नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको छ।

उद्धार हुनेमा सबै पुरुष रहेका छन्। दूतावासका अनुसार थाइल्याण्ड सरकारको सहयोगमा उनीहरूको उद्धार सम्भव भएको हो।

दूतावासले सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र प्रलोभनमा परेर छिटो पैसा कमाउने हेतुले कम्बोडिया, लाओस्, म्यानमार, थाइल्याण्डलगायत देशमा वैदेशिक रोजगारीका लागि नआउन पनि अनुरोध गरेको छ।

प्रकाशित: १३ चैत २०८१ २०:५२ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast