काठमाडौँ- जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। यसबाट जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। शनिबार बिहान तराईका केही भूभागमा हुस्सु/कुहिरो लागिरहेको महाशाखाले जनाएको छ। यस्तै पहाडी भूभागमा आंशिक बदली रहेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
शनिबार
दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
आइतबार
दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
राति ː सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
सोमबार
दिउँसो ː कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
राति ː लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।