नेप्से निरन्तर ओरालोतिर

हिमाल प्रेस ६ चैत २०८१ १७:०४
14
SHARES
नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ– शेयर बजारमा निरन्तर गिरावट आएको छ। यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो। यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ।

आज नेप्से परिसूचक १४ दशमलव ८८ अंकले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ। आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार मूल्य बराबरको कारोबार भएको हो।

आजको कारोबारमा होटल तथा पर्यटन, म्युचल फण्ड र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन्। होटल तथा पर्यटन शून्य दशमलव १०, म्युचल फन्ड शून्य दशमलव ०३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६० प्रतिशतले बढेको आजको बजारमा अरु सबै समूहका उपसूचक घटेका छन्।

बैंकिङ समूह शून्य दशमलव ५६, विकास बैंक शून्य दशमलव १३, वित्त एक दशमलव ५३, जलविद्युत् शून्य दशमलव ६७, लगानी शून्य दशमलव ४९ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव २० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २९ करोड ६७ लाख ३२ हजार ६८२ मूल्य बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार छ सय २५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ६ चैत २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast