
झापा- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा बारम्बार सरकार परिवर्तन हुनु जनताका लागि दुर्भाग्यपूर्ण रहेको भन्दै ५ वर्षसम्म स्थिर सरकारको परिकल्पना गर्न आवश्यक रहेको बताएका छन्।
झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निरन्तरको राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए। ‘नेपालले यस्तो अस्थिरता थेग्न सक्दैन। सरकार गठन र विघटनको दोहोरले जनताले ठूलो आर्थिक भार बेहोरिरहेका छन्। केन्द्रमा सरकार ढल्दा प्रदेश सरकारसमेत प्रभावित हुने अवस्थाले राजनीतिक स्थिरता सम्भव छैन,’ विप्लवले भने, ‘त्यसैले ५ वर्षसम्म एउटै सरकार टिक्ने प्रणाली आवश्यक छ।’
उनले संविधानमा व्यापक सुधारको खाँचो रहेको पनि बताउँदै मुलुकलाई स्थिरतातर्फ लैजान नयाँ राजनीतिक संरचनाको आवश्यकतामा जोड दिए।
प्रकाशित: ५ चैत २०८१ १५:०५
प्रतिक्रिया