‘कर्मा’ का कलाकार भन्छन् : विपिनको एक्सनप्रति विश्वस्त छौँ

हिमाल प्रेस ४ चैत २०८१ १५:३४
10
SHARES
‘कर्मा’ का कलाकार भन्छन् : विपिनको एक्सनप्रति विश्वस्त छौँ

काठमाडौँ- फिल्म ‘कर्मा’ नेपाली रजतपटमा आइरहेका फिल्मभन्दा फरक रहेको टिमका कलाकारले बताएका छन्। स्टोरी र न्यारेसन दुबै हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी उनीहरुको दाबी छ।

‘यो आइरहेका फिल्मभन्दा फरक छ’, मुकुन भुसाल भन्छन्, ‘निर्देशकले स्टोरी र न्यारेट फरक तरिकाले प्रस्तुत गर्नुभएको छ।’ हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो फिल्म फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने वास्तवमै फरक रहेको र दर्शककाे मन जित्नेमा पूर्ण विश्वास रहेको उनले दाबी गरे।

अभिनेता विपीन कार्कीकाे तारिफ गर्दै उनले भने, ‘विपिन कार्कीलाई मेकरले जसरी विश्वास गरेर लिनुभयो, त्यसैगरी उहाँले पनि मेहनत गरेर काम गर्नुभएकाे छ। मेहनतकै कारण टिजरमा उहाँले वाहीवाही कमाउनु भएको छ।’

कलाकार दिव्यदेव पन्तले पनि हरेक क्यारेक्टरमा विपिनले मेहनत गरेको बताए। ‘हरेक फिल्ममा उहाँले फरकफरक क्यारेक्टरमा आफूलाई प्रुफ गर्नुभएको छ। यसमा पनि मेहनतले काम गर्नुभएको छ,’ पन्त भन्छन्, ‘मेकरमा मात्र होइन दर्शकमा पनि त्यही छाप परिसकेको छ। जुनसुकै क्यारेक्टर पनि उहाँले मेहनत गरेर राम्रो गर्नुहुन्छ भन्ने भइसकेको छ। यसमा पनि उहाँले प्रुफ गर्नुभएको छ।’

अन्य कलाकारलेजस्तै अभिनेत्री उपासना सिंह ठकुरीले पनि आफूलाई ‘कर्मा’ र अभिनेता विपिनको एक्सनप्रति विश्वास रहेको बताइन्।

सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई फिल्ममा आमा होइन् क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गरिन्। ‘उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,’ उनले भनिन्, ‘फिल्ममा क्यारेक्टर पनि त्यस्तै छ।’

आफूले अहिलेसम्म थुप्रै फिल्ममा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक चरित्र रहेको उनले बताइन्। ‘आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला। तर, कर्मामा आमाको चरित्र मात्रै छैन,’ उनी भन्छिन्, ‘यसमा आमासँग सँगै धेरै कुरा छ। यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो फिल्मले हटाउनेछ।’

गलत गर्नेलाई भाग्यले सजाय दिने कथा फिल्ममा रहेको निर्देशक साैरभ चौधरीले बताए। ‘कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने कुनै समय अर्को कसैबाट उसले त्यसको मुल्य चुकाउनुपर्छ,’ उनी भन्छन्, ‘यही नै कर्मा हो। यसमा विश्वास गर्ने भएकैले यो फिल्म बनाएको हुँ। त्यसैले म भन्ने गर्छु, सबैलाई राम्रो गरौँ।’ उनलाई कसैले आफूलाई नराम्रो गर्यो भने उसलाई अर्कोले नराम्रो गरेर ब्यालेन्स गर्छ भन्ने उनलाई विश्वास लाग्छ।

फिल्म नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यही चैत २९ मा प्रदर्शन हुनेछ। ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको फिल्मकाे कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्।

फिल्ममा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ। आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहको फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन्।

प्रकाशित: ४ चैत २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast