राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

हिमाल प्रेस ३ चैत २०८१ १८:०२ | Sunday, March 16, 2025
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण फाइल तस्बिर

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: ३ चैत २०८१ १८:०२ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast