शिक्षा ऐनका लागि शिक्षक महासंघले रास्वपा कार्यालयमा धर्ना दिँदै

हिमाल प्रेस ३ चैत २०८१ १०:३२
144
SHARES
शिक्षा ऐनका लागि शिक्षक महासंघले रास्वपा कार्यालयमा धर्ना दिँदै तस्बिर शंकर अधिकारीको फेसबुकबाट

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय, बनस्थलीमा धर्ना दिने भएको छ। महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले दिउँसो १ बजे हुने धर्ना कार्यक्रममा शिक्षक तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति सुनिश्चित गर्न अनुरोध गरेकी छन्।

यसअघि, महासंघले प्रमुख राजनीतिक दलहरूसँग शिक्षा ऐन जारी गर्न दबाब दिँदै आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा धर्ना दिइसकेको महासंघले अब रास्वपा केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण गराउने तयारी गरेको हो।

शिक्षक महासंघले शिक्षा ऐन जारी नगरेको अवस्थामा थप आन्दोलनको चेतावनी दिँदै आएको छ। महासंघका अनुसार सरकारले शिक्षकहरूका माग सम्बोधन नगरेको र ऐन जारी गर्ने विषयमा कुनै ठोस निर्णय नगरेकाले चरणबद्ध आन्दोलन जारी राख्नुपर्ने बाध्यता आएको हो।

महासंघले आगामी दिनमा सरकारलाई अझै सशक्त रूपमा दबाब दिने कार्यक्रम तय गरिरहेको बताएको छ। शिक्षा ऐन जारी गराउन दबाबस्वरूप थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast