होलीको दिन हलमा लागे ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’

हिमाल प्रेस २९ फागुन २०८१ ११:२४ | Thursday, March 13, 2025
होलीको दिन हलमा लागे ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’

काठमाडौँ- फागु पूर्णिमा अर्थात् होलीको अवसरमा आजदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ। ‘अञ्जिला’ र ‘आउट लः दफा २१९’।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हाे ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।

एञ्जिलास्वयः को अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा अन्य कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन्। फिल्मको निर्मातामा प्रेम कुमार श्रेष्ठ निर्माता रहेको फिल्म एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा, र काठमाडौँमा छायांकन गरिएको छ। फिल्म सुदीप बरालले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

त्यस्तै अर्को फिल्म ‘आउट लः दफा २१९’ एक्सन जनरामा बनेको छ। सुशिल श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनलगायतको अभिनय छ। फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ। नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन छ। स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म अमित अग्रहरिको निर्माण गरेका हुन्।

याे सँगै हलमा हाेस्टेल ३, फेरि रेशम फिलिली र लाज शरणम् प्रदर्शन भइरहेकाे छ।

प्रकाशित: २९ फागुन २०८१ ११:२४ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast