प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

हिमाल प्रेस २८ फागुन २०८१ १६:३२
10
SHARES
प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत प्रतिनिधिसभा बैठक, फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ। सभाको बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक प्रस्तुत गरेका हुन्।

बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी विधेयक ल्याइएको बताए।

बैठकले विधेयकमाथि सांसदहरु प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीबाट प्राप्त विरोधका सूचना बहुमतले अस्वीकृत गरेको थियो।

प्रकाशित: २८ फागुन २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast