फिल्म ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर (तस्बिरहरु)

हिमाल प्रेस २७ फागुन २०८१ १०:५८ | Tuesday, March 11, 2025
फिल्म ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर (तस्बिरहरु)

काठमाडाैँ- राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्म  ‘अञ्जिला’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ।

ललितपुरस्थित लबिम मलमा सोमबार भएको प्रिमियर सो हेर्न महिला फुटबल राष्ट्रिय टिमबाट प्रीति राई, सबिता राना मगर, कुसुम खतिवडा, अनु लामालगायत फिल्मी कलाकार, निर्देशक र पत्रकारहरुको बाम्लो उपस्थिति थियो।

फिल्म हेरेपछि अधिकांश दर्शक भावुक बनेका थिए। एक महिलाले खेल जीवन रोजन गर्नुपरेको संघर्षको कथाले मन छाेएकाे सहभागिहरुकाे प्रतिक्रिया दिए।

यसअघि फिल्म हङकङ, दक्षिण कोरिया, बेलायत र धरानमा सफलतापूर्वक प्रिमियर भइसकेको छ। मिलन चाम्सले निर्देशन गरेकाे फिल्ममा एञ्जिलासहित प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। निर्देशक चाम्सको यो तेस्रो बायोपिक फिल्म हो। उनले यसअघि ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए।

फिल्म एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित, झापा र काठमाडौँमा छायांकन गरिएको छ। फिल्म सुदीप बरालले छायांकन गरेका हुन्। मिलन श्रेष्ठले सम्पादन गरेकाे फिल्म मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेकाे छ। फिल्मका निर्माता निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।

तस्बिर: अञ्जिला नेपाली मुभिज फेसबुक पेज

प्रकाशित: २७ फागुन २०८१ १०:५८ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast