शान्तिपूर्ण सशक्तिकरण परियोजनाका बारेमा जानकारी

हिमाल प्रेस २५ फागुन २०८१ २१:२५
18
SHARES
शान्तिपूर्ण सशक्तिकरण परियोजनाका बारेमा जानकारी

सुर्खेत – मानव अधिकारका लागि महिला एकल महिला समूहले नेपालमा समावेशी समुदायका लागि शान्तिपूर्ण सशक्तिकरण कार्यक्रम परियोजनाका बारेमा सार्वजनिक जानकारी गराएको छ।

एकल महिला समूहको सभाहलमा आयोजित कार्यक्रममा संयोजक डिला आचार्यले समुदायका लागि शान्तिपूर्ण सशक्तिकरण कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन्।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले कार्यक्रम उपलब्धीमूलक भएकैले आगामी वर्षहरुका लागि थप भएको बताउँदै आगमी दिनहरुमा पनि राम्रो गर्न सुझाव दिए। संस्था सञ्चालन गर्न र कार्यक्रम सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर लिन आग्रह गरे।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्‍याउन सुझाव दिए। उनले इन्सेक र एकल महिला समूहबीच विगतमा पनि सहकार्य हुँदै आएको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गरेर अघि बढ्ने बताए।

मानव अधिकार रक्षक सञ्जालका संयोजक पिताम्वर ढकालले संस्थाको उद्देश्यअनुसार मानव अधिकारका लागि एकल महिला समूहले काम गरिरहेको बताए।

कार्यक्रममा वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरी, वडा नं. ८ का अध्यक्ष टिकाराम शर्मा, वडा नम्वर ४ का अध्यक्ष शेरबहादुर केसीलगायतको सहभागिता रहेको थियो। कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष ममता नगालको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित: २५ फागुन २०८१ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast