मुस्ताङमा हिमपातपछि कृषक खुसी

हिमाल प्रेस २१ फागुन २०८१ १४:४५
8
SHARES
मुस्ताङमा हिमपातपछि कृषक खुसी

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा हिमपातपछि स्याउ र अन्य रैथाने बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ। आंशिक वर्षा र हिमपातले यहाँका कृषकलाई खुसी बनाएको छ। विशेषगरी स्याउ, फापर, जौ र आलु बालीमा राम्रो चिस्यान पुगेको छ।

कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङका अनुसार बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा सुधारको साथै स्याउ र अन्य बालीको गुणस्तर र उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।

जिल्लामा स्याउको उत्पादन गत वर्षमा ह्रास भए पनि यसवर्षको मौसम अनुकूल देखिएको छ। मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती भइरहेको छ र सडक सञ्जालको सुधारले उत्पादनको बजारीकरणमा सहजता ल्याएको छ।

दुई वर्षअघि जलवायु परिवर्तनका कारण स्याउको उत्पादनमा समस्या आएको थियो तर यस वर्षका हिमपात र वर्षाले कृषकलाई आशा दिएका छन्।

प्रकाशित: २१ फागुन २०८१ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast