नेकपा (एस)ले वाम एकताको पहल गर्ने, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अन्योल

हिमाल प्रेस २१ पुष २०७९ १६:०२
6
SHARES
नेकपा (एस)ले वाम एकताको पहल गर्ने, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अन्योल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले वाम एकताको पहल गर्ने निर्णय गरेको छ। बिहीबार भएको सचिवालय बैठकले महासचिव वेदुराम भुसालको नेतृत्वमा वाम एकतासम्बन्धी कार्यदल बनाएको छ। सो कार्यदलले वामपन्थी दलहरूसँग छलफल र परामर्शपछि उपयुक्त निष्कर्षमा पुग्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषय भने एकीकृत समाजवादीले अझै टुंग्याएको छैन। ‘सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा धारणा बनाएका छैनौँ,’ उनले भने, ‘हामीसँग समर्थन मागिएको छैन, त्यसैले सो विषयमा छलफल भएन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। सो बेलासम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय टुंगिने उनको भनाइ छ।

प्रकाशित: २१ पुष २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =