अस्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म​ अवार्ड​ हुँदै

हिमाल प्रेस २० फागुन २०८१ १५:५२
18
SHARES
अस्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म​ अवार्ड​ हुँदै

 काठमाडाैँ- अस्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म​ अवार्ड​ आयोज​ना हुने भएको छ। डि व्वाइज इन्ट​र​टेन्मेन्ट​ले आगामी मे २८ देखि जुन​ १ स​म्म​ अवार्ड​ आयोज​ना ग​र्न​ लागेको हो।

नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​व​र्द्व​न​को उद्देश्यले​ अवार्ड​ आयोज​ना ग​र्न​ लागेको डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​णेश​ म​ल्ल​ले बताए। तीन​ द​र्ज​न​ ब​ढी कलाकार​ त​था फिल्म​कर्मीलाई स​ह​भागी ग​राएर​ अवार्ड​ आयोज​ना ग​रिने म​ल्ल​ले जानकारी दिए।

उनकाअनुसार अवार्ड​मा विभिन्न​ १८ व​टा विधाह स​मावेश​ ग​रिएको छ​। वरिष्ठ​ फिल्म​कर्मीह​रुबाट​ जुरीको निर्ण​य​अनुसार​ अवार्ड​ प्र​दान​ ग​रिनेछ​। फिल्म​, निर्देश​क, कथा, संगीत​, अभिनेता, अभिनेत्री, च​रित्र​ कलाकार​, गाय​क, गायिका, छायाकर​, स​म्पाद​क, ब्याकराउण्ड​ स्कोर​ल​गाय​त​ विधा समावेश गरिनेछ। य​स्तै प​पुल​र​ हिरो/हिरोईन​अफ​ द​ ईय​र​, एकज​ना फिल्म​ प​त्र​कार​, एकज​ना विशिष्ट​ फिल्म​कर्मी न​ग​द​राशीस​हित​ अवार्ड प्र​दान​ ग​रिनेछ​ ।

अवार्डमा २०८० साल​मा प्र​द​र्श​न​ भ​एका फिल्म​मार्फत छनोट गरिनेछ। फिल्मको दर्ता सुरु भएको आयोजकले जनाएको छ। फिल्म​का नोमिनेट​ कलाकार​, चिनिएका प्राविधिक, कला पत्रकार​, आयोज​क र फिल्म​कर्मीबाहेक अन्य​लाई कार्य​क्र​म​ स​ह​भागी न​गराउने आयोज​कले ज​नाएको छ​।

अवार्ड​ स​मारोह​पश्चात नेपाली फिल्म​को ब​जार​, द​र्श​कको अव​स्था र​ प्र​व​र्द्व​न​अन्त​र्ग​त​ विदेशी फिल्म​कर्मी, पाहुना र​ नेपाली फिल्मकर्मीबीच​ संवाद​ त​था छलफल कार्य​क्र​म​को पनि तयारी भइरहेको छ। अवार्ड​मा स​मावेश​ हुने विधा, स​ह​भागी कलाकार​ त​था अवार्डको जुरी र​ अन्य​ कार्यक्रमबारे केही समयपछि प​त्र​कार​ स​म्मेल​न​मार्फत जानकारी गराउने आयोजकले जनाएको छ​।

प​छिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​ अस्ट्रेलियामा राम्रो हुँदै गएको छ​। अस्ट्रेलियामा निय​मित​ रुप​मा अधिकांश​ नेपाली फिल्म​ प्र​द​र्श​न​ भइरहेको छ। केही प्रतिक्षित फिल्म​ले करोड​ भ​न्दा माथिको व्यापार​ पनि ग​रिरहेको छ​। य​स​ले नेपाली फिल्म​को ब​जार​ प्र​वर्द्व​न​ भइरहेको छ​। फिल्ममार्फ​त​ नै प​र्य​ट​न​ र​ नेपाली फिल्म​का द​र्श​कमा प​नि प्र​व​र्द्व​न​ हुँदै आएको छ​। डि व्वाईज​ले अस्ट्रेलियामा विभिन्न​ कार्यक्र​म​को आयोज​ना​ ग​र्दै आएको छ​।

प्रकाशित: २० फागुन २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast