दिनेश निर्देशित ‘महाभोज’ काे कथा के हो?

हिमाल प्रेस १८ फागुन २०८१ १३:४६
44
SHARES
दिनेश निर्देशित ‘महाभोज’ काे कथा के हो?

काठमाडौँ- निर्देशक दिनेश राउतले ‘महाभोज’ नामक फिल्म बनाइरहेका छन्। निर्देशक राउतले फिल्मको छायांकन सकिएको ओपचारिक घोषणा पनि गरिसकेका छन्। फिल्म कहिले प्रदर्शन हुन्छ भन्ने निर्माण पक्षले खुलाइएको छैन्।

गत माघ ८ देखि पोखराको घाचोकबाट सुरु फिल्मको अन्तिम छायांकन काठमाडौँमा गरिएको थियो। राजेश श्रेष्ठले छायांकन रहेको फिल्म निमेष श्रेष्ठको सम्पादनमा बन्नेछ।

फिल्म समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा बनाएको निर्देशक राउतले बताएका छन्। ‘फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्ने विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्नेछ।’ उनले भने। विकास सुवेदीले फिल्मकाे पटकथा लेखेका हुन्।

फिल्ममा सबै चिनिएका अनुहार छन्। आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको अभिनय छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा बनेको सिनेमाका निर्माता हिमाल कडरिया हुन्।

प्रकाशित: १८ फागुन २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast