 कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार मृत्यु भएका निराकारका बुबा अग्नि पाण्डेसँग बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । भेटमा उपस्थित मन्त्रीलगायत। तस्बिरः प्रदीपराज वन्त/रासस
                             कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार मृत्यु भएका निराकारका बुबा अग्नि पाण्डेसँग बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । भेटमा उपस्थित मन्त्रीलगायत। तस्बिरः प्रदीपराज वन्त/रासस
                                            काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परेर मृत्यु भएका निराकारका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्।
प्रधानमन्त्रीले बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
                            प्रकाशित: २१ पुष  २०७९ १२:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 