बहराइनमा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न

हिमाल प्रेस १४ फागुन २०८१ २०:३६
6
SHARES
बहराइनमा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ- बहराइनको राजधानी मनामामा ‘नेपाल पर्यटन : हिमाल र थप’ पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली राजदूतावासको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बहराइनका पर्यटन तथा प्रदर्शनी प्राधिकरण सल्लाहकार डा.अली हसन फोल्लादले नेपालको पर्यटन प्रवद्र्धनका प्रयासहरूको प्रशंसा गर्दै नेपाल–बहराइनबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

राजदूत तीर्थराज वाग्लेले दिगो पर्यटनमा गरेको केन्द्रित प्रयास, नेपालको अतिथि सत्कार, समृद्ध सांस्कृतिक सम्पदालगायतबारे प्रष्ट पारेका थिए।

साथै उनले नेपाल र बहराइनबीच पर्यटन क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने नेपालको प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा पर्यटन सहकार्यबारे विचार आदान–प्रदानका विषयमा छलफल भएको थियो। बहराइनका सांसद अब्दुल्ला खलिफा अल रोमाईहीले नेपालको पर्यटनबारे चासो व्यक्त गर्दै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

कार्यक्रममा बहराइनका सांसद रोमाईहीका साथै मोहम्मद हुसैन जना ही, न्यान्सी एली खेडुरी, श्रम बजार नियामक प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत निब्रास मोहम्मद तालीबलगायतका उपस्थिति रहेको थियो।

प्रकाशित: १४ फागुन २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast