रौतहटमा मतदान केन्द्रबाहिर हवाई फायर

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०४ | Sunday, November 20, 2022
रौतहटमा मतदान केन्द्रबाहिर हवाई फायर सांकेतिक तस्बिर।

जनकपुरधाम– रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाही मतदान केन्द्र बाहिर हवाई फायर भएको छ। मतदान केन्द्रबाहिर दुई पार्टीका नेताकार्यकर्ता विवाद भई झडपको स्थिति उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी २ राउन्ड हवाइ फायर गरिएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन्।

स्थिति तनावग्रस्त भएपछि केहीबेरका लागि मतदान रोकिएको थियो। उनका अनुसार विवाद गरेका समूहले मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्न हवाई फायर गरेको हो।

एसपी बुढामगरका अनुसार त्यहाँको अवस्था सामान्य छ भने मतदान पुनः सुरु भएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ११:०४ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast