स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमालाई धराशयी बनाए : तोसिमा कार्की

हिमाल प्रेस १२ फागुन २०८१ १३:३८
16
SHARES
स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमालाई धराशयी बनाए : तोसिमा कार्की फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नै स्वास्थ्य बिमालाई धराशयी बनाएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको सोमबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले स्वास्थ्य बिमाको सीमा पाँच लाख रुपैयाँ पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी योजना सपना बाँड्ने स्वास्थ्यमन्त्रीबाट अब यो भुक्तानी गर्न सकिएन बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भनेर आएको अभिव्यक्ति दुःखद् रहेको बताइन्।

कार्कीले भनिन्, ‘भन्ने बेलामा चाहिँ स्वास्थ्य बिमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर वर्षौँसम्म जम्मा २८ प्रतिशतमात्रै पहुँच राखेर कार्यक्रमलाई धराशयी बनाएर हतोत्साहित हुने बानी राम्रो भएन।’

कार्कीले सल्लाहकार र उपयुक्त अध्ययन पुग्दैन भने सल्लाहसुझाव दिन आफू तयार रहेको बताइन्। उनले अनिवार्य स्वास्थ्य बिमा सबैका लागि लागू गर्न पनि आग्रह गरिन्। ‘सुरुवात मन्त्रीज्यूबाटै गरौँ। मन्त्रीज्यूको सचिवालयमा, परिवारमा र मन्त्रालयका सबैमा अनिवार्य स्वास्थ्य बिमा गरौँ। देशभरका २ करोड ९१ लाख जनसंख्याले स्वास्थ्य बिमा गर्ने हो भने बर्सेनि २० अर्ब रुपैयाँ संकलन हुन्छ’, कार्कीले भनिन्।

प्रकाशित: १२ फागुन २०८१ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast