आबुधाबीस्थिति नेपाली दूतावासद्वारा श्रमिक सचेतना तथा राहदानी घुम्ति शिविर सञ्चालन

हिमाल प्रेस ११ फागुन २०८१ १७:०७
18
SHARES
आबुधाबीस्थिति नेपाली दूतावासद्वारा श्रमिक सचेतना तथा राहदानी घुम्ति शिविर सञ्चालन

काठमाडौँ- नेपाली राजदूतावास अबुधाबीले फुजैरहा इमिरेट्समा नेपाली श्रमिकहरूलाई मध्यनजर गरी श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर घुम्ति शिविर सञ्चालन गरेको हो।

दूतावासले नेपाली समाज यूएई र गैरआवासीय नेपाली संघ यूएईलगायतका संघसंस्थाको सहयोगमा अबुधाबीबाट करिब तीन सय किलोमिटर दूरीमा रहेको फुजैरहा भन्ने स्थानमा कार्यक्रम सञ्चालन गरेको हो।

शिविरका क्रममा नेपाल सरकारले हालका दिनमा श्रम सुशासनका लागि लागू गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत विषयबारे जानकारी गराइएको थियो।

घुम्ति शिविरमा फुजैरहा इमिरेट्स र आसपास रहेका २१६ जना नेपाली श्रमिकहरूको राहदानी नवीकरण गरिएको दूतावासले जनाएको छ।

यूएईमा नेपाली कामदारहरूको संख्या करिब ६ लाख रहेको र नेपालीहरू यूएई जाने क्रममा निरन्तर बढिरहेकाले दूतावासले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै सेवा प्रदान गर्दै आएको छ।

गत आर्थिक वर्षमा ४६ हजार ४ सय राहदानी जारी भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० हजार नेपालीहरूको राहदानी जारी भएको दूतावासको भनाइ छ।

त्यस्तै राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरूको प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ।

दूतावासले यसअघि पनि यूएईका विभिन्न इमिरेट्सहरूमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ भने सार्वजनिक बिदाका दिनहरूमा दूतावासमै विशेष काउन्टर सञ्चालन गरेर राहदानी नवीकरण सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ११ फागुन २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast