सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस ११ फागुन २०८१ १५:२५ | Sunday, February 23, 2025
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुली दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो।

पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ ।

यसैगरी, धनगढीमाई नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ।

प्रकाशित: ११ फागुन २०८१ १५:२५ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast