प्रधानमन्त्री देउवाले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०२ | Sunday, November 20, 2022
प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

देउवा आइतबार बिहान १० बजे मतदानस्थल पुगेका थिए।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला।’

प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार छन्।

प्रकाशित: ४ मंसिर २०७९ ११:०२ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast