प्रियंका-आयुश्मान पथमा छोरी आयंका

हिमाल प्रेस १० फागुन २०८१ ७:४३ | Saturday, February 22, 2025
प्रियंका-आयुश्मान पथमा छोरी आयंका

काठमाडौँ- अभिनेत्री प्रियंका कार्की फिल्म नगरीकै अब्बल नायिका हुन्। लामो समय फिल्म क्षेत्रमा रहेकी उनी अभिनयमा अब्बल साथै भर्सटायल नायिका मानिन्छन्। फिल्ममा तरुणीदेखि वृद्धा महिलाको समेत अब्बल अभिनय प्रियंकाले निभाएकी छन्।

यसो त उनको विवाह पनि फिल्म क्षेत्रकै व्यक्ति आयुश्मान देशराज जोशीसँग भयो। भलै आयुश्मानले प्रिंयकाले जति चर्चा कमाउन सकेनन्। यत्तिकैमा यो परिवारबाट अर्को एकजना समेत कलाकारितामा प्रवेश भएको छ। ती हुन्, प्रियंका-आयुश्मान पुत्री आयंका।

अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षीया छोरी आयंकाले कलाकारितामा प्रवेश गरेकी छन्। उनले ‘बालापनको उमेर २’ गीतको भिडिओमा अभिनय गरेकी हुन्।

यो म्युजिक भिडिओबाट गायक तथा निर्माता सरोज ओलीकी ६ वर्षीया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन्।

आन्भी भिडिओको मुख्य कलाकार हुन्। यसको भिडिओमा प्रियंकाको पनि अभिनय छ। कोरसमा थुप्रै बालिकाको नृत्य हेर्न सकिन्छ।

सुरक्षा बाठा मगरको स्वर रहेको यो गीत शुक्रबार मात्रै युट्युबमा रिलिज भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको गीत महाराज थापाले एरेन्ज गरेका हुन्।

प्रकाशित: १० फागुन २०८१ ७:४३ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast