जनजागरण अभियानमा माओवादी, हुलाकी राजमार्ग भ्रमण गर्ने कार्यतालिका

हिमाल प्रेस १० फागुन २०८१ ७:१७ | Saturday, February 22, 2025
जनजागरण अभियानमा माओवादी, हुलाकी राजमार्ग भ्रमण गर्ने कार्यतालिका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ थाल्ने भएको छ। माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए। उनले अभियानको समापन चैत्र ८ गते गर्ने जानकारी दिए।

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ। अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ।

फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ।

फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ। नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए।

२८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ। त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ।

प्रकाशित: १० फागुन २०८१ ७:१७ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast