पोखरा- पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधबारे हाटबजार नजिकै सिलिन्डर बम विस्फोट भएको छ।
संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समूहहरूले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ।
विस्फोट भएको स्थानबाट दीव्यज्योति माविको बुथ करिब एक सय मिटर दूरीमा रहेको जनाइएको छ।
जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र नेकपा (बहुमत) ले संसदीय निर्वाचन बहिष्कार र अवज्ञा गर्दै आएका छन्।
प्रकाशित: ४ मंसिर २०७९ ११:०१ | Sunday, November 20, 2022
प्रतिक्रिया





