विदेशी धर्म प्रचार गरेको आरोपलाई ‘महजोडी’ को खण्डन, ‘हितैसीबाटै आरोप लाग्यो’

हिमाल प्रेस ८ फागुन २०८१ ९:२६ | Thursday, February 20, 2025
विदेशी धर्म प्रचार गरेको आरोपलाई ‘महजोडी’ को खण्डन, ‘हितैसीबाटै आरोप लाग्यो’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- विदेशबाट रकम लिएर हिन्दु धर्मको विरोध गरेको आरोप लागेपछि महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खण्डन गरेका छन्। उनीहरूले एक भिडियो सन्देशमार्फत सनातन धर्मको विरोध नगरेको दाबी पनि गरेका छन्।

महजोडीले आफ्नाे विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रहसमेत गरेका छन्। ‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ। यसले अत्यन्त दुःखी बनाएको छ। संसारमा राम्रो पनि छन् नराम्रो पनि। हामीले राम्रो मात्रै छानेर काम गर्दै आएका छौँ,’ श्रेष्ठले भने, ‘रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ।’

अभिनेता आचार्यले  अहिले फिल्ममा काम गरिरहेका बेलामा अनर्गल प्रचार गरेर दुःख दिएको  दुखेसाे पाेखे। आफूहरुले गरेकाे सबै काम यूट्युबमा पनि राखिएको बताउँदै उनले भने, ‘सनातन धर्मको विरोध गरेका छैनौँ। याे अनर्गल प्रचार हो।  हामीले ०५२ सालमा सराध्य बनाएका थियौँ। त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ। पण्डित भन्दैमा भगवान हुँदैनन्। म पनि पण्डितको छोरा हो । कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ।’

प्रकाशित: ८ फागुन २०८१ ९:२६ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast