भारतमा छात्राको रहस्यमय मृत्यु : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ६ फागुन २०८१ १२:२९ | Tuesday, February 18, 2025
भारतमा छात्राको रहस्यमय मृत्यु : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ

काठमाडौँ- राष्ट्रियसभाले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले लम्सालको रहस्यमय मृत्युका बारेमा प्रश्न उठाएपछि अध्यक्ष नारायण दाहालले सभाको गम्भीर ध्यानाकर्षण भएको  बताए। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’ साथै उनले कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन्।

लम्सालले  आइतबार  आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि केआईआईटीले दुई कर्मचारीलाई बर्खास्त र तीन कर्मचारीलाई निलम्बन गरेको छ। केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको हो। यसैगरी तीन कर्मचारीलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ फागुन २०८१ १२:२९ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast