बीपी राजमार्ग पुनःनिर्माणमा सहयोग गर्न जापानी विदेशराज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह

हिमाल प्रेस ५ फागुन २०८१ १४:१९
12
SHARES
बीपी राजमार्ग पुनःनिर्माणमा सहयोग गर्न जापानी विदेशराज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ- परराष्ट्रमन्त्री डा‍‍.आरजु राणा देउवाले बीपी राजमार्ग पुनःनिर्माणमा आवश्यक सहयोग गर्न जापानी विदश राज्यमन्त्री मियाजी ताकुमासँग आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानी राज्यमन्त्री ताकुमासँगको भेटवार्तामा सो आग्रह गरेकी हुन्। गत भदौमा भीषण बाढीका कारण बीपी राजमार्गमा ठूलो क्षति भएको थियो।

मन्त्री देउवाले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा मन्त्री देउवाले राखेकी थिइन्। यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका थिए।

भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो।

त्यस्तै, नेपाल र जापानले गत वर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो।

यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गरेको स्मरण पनि मन्त्री देउवाले आजको भेटका क्रममा जापानी राज्यमन्त्रीलाई गराएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast