काठमाडाैँ- आगामी चैत्र ८ मा प्रदर्शन हुने फिल्म ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३४ सकेण्डको टिजरमा प्रेमपछिको बदलाको कथा प्रस्तुत गरिएको छ।
टिजरकाे सुरुमै सावधान भन्दै सुचना राखेको छ। जसमा लेखिएको छ, यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मनपर्छ।’
फिल्ममा मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ।
क्राइम थ्रिलर जनरामा बनेको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेब्यु निर्देशकिय फिल्म हो। फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ।
फिल्ममा अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रुपमा छन्।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्मको कार्यकारी निर्माता एमएस अग्रज हुन्।



