बागलुङ– बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग १ क ६१८९ नम्बको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो।
दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए।
टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए।
प्रकाशित: ३ फागुन २०८१ १९:०५ | Saturday, February 15, 2025
प्रतिक्रिया




