तेह्रथुम- मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ।
प्रकाशित: ४ मंसिर २०७९ १०:१६
प्रतिक्रिया