यस्ताे देखियाे ‘११ः५५’ मा कलाकारको क्यारेक्टर लुक्स

हिमाल प्रेस ३० माघ २०८१ १३:०५
28
SHARES
यस्ताे देखियाे ‘११ः५५’ मा कलाकारको क्यारेक्टर लुक्स

काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवा) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।   निर्माण टिमले फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हाे।

फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको टिमले जनाएको छ। क्राइम थ्रिलर जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक केशव पाण्डे हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा पाण्डेसहित एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ। फिल्म आगामी चैत ८ मा प्रदर्शन हुनेछ।

फिल्म प्रद्युमन मिश्रको डिओपी,रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र सुवास राज काफ्ले प्रोडक्सनमा बनेको छ।

बिचित्र फिल्मस् र गुड जब आर्टसको ब्यानरमा निर्माण फिल्ममा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका छन्।

प्रकाशित: ३० माघ २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast