निकासी पैठारी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

हिमाल प्रेस २९ माघ २०८१ २०:०६ | Tuesday, February 11, 2025
निकासी पैठारी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ प्रस्तुत गरेका छन्।

मन्त्री भण्डारीले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन निकासी र पैठारी हुने वस्तु र सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउन, निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्न विधेयक ल्याउनुपरेको बताए।

उनले भने, ‘आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढी देशको आर्थिक विकासमा सहयोग गर्न निकासी पैठारीसम्बन्धी प्रचलित कानुनलाई समयानुकूल संशोधन र एकीकृत गर्न आवश्यक भएकाले प्रस्तुत विधेयक प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्दछु।

प्रकाशित: २९ माघ २०८१ २०:०६ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast