प्रेमकथामा आधारित यश कुमारकाे म्युजिकल फिल्म ‘मैले तिम्रो मायामा’

हिमाल प्रेस २९ माघ २०८१ १३:०७ | Tuesday, February 11, 2025
प्रेमकथामा आधारित यश कुमारकाे म्युजिकल फिल्म ‘मैले तिम्रो मायामा’

काठमाडौँ- गायक यश कुमारले ‘मैले तिम्रो मायामा’ बोलको म्युजिकल फिल्म सार्वजनिक गरेका छन्। २० मिनेटको म्युजिकल फिल्ममा संगीतमा भविष्य खोज्दै उपत्यका प्रवेश गरेका दुई पात्रको भेटपछिको प्रेमकथा देखाइएको छ।

गीतमा यश कुमार र स्मिता प्रधानको स्वर छ। भिडियोमा पनि उनीहरुकै मुख्य अभिनय छ। साथै रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाले साथ दिएका छन्। गायक यश कुमारकै शब्द, संगीत रहेको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन्।

दिनेश पराजुली एण्ड टिमले छायांकन गरेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमाला हुन्।

पछिल्लो समय गायक यश कुमार म्युजिकल फिल्ममार्फत समाजकाे कथा देखाइरहेका छन्। यसअघि उनको  ‘सुस्तरी’, ‘आँखा बन्द गरेर’ ,‘गल्ली’लगायतका थुप्रै गीत चर्चित छ।

यस्ताे छ गीत

प्रकाशित: २९ माघ २०८१ १३:०७ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast