
काठमाडौँ- लेटन ओरिएन्ट एफसीले आत्मघाती गोल गर्दा म्यानचेस्टर सिटीलाई एफए कपमा राहत पुगेको छ। चौथो चरणको खेलमा उपहार गोलकै मदतले लेटन ओरिएन्ट एफसीविरुद्ध सिटीले २-१ को रोमाञ्चक पुनरागमन जित हात पार्यो।
शनिबार ब्रिसबन रोड रंगशालामा पाहुना टोली सिटीलाई जित दिलाउन अब्दुकोदिर खुसानोभ र केभिन डी ब्रुएनाले गोल गरे। लेटनका लागि एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।
खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाबाट आत्मघाती गोल हुन पुग्दा लेटनले अग्रता लिएको थियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए ।
डी ब्रुएनाले ७९औं मिनेटमा गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
प्रकाशित: २७ माघ २०८१ ६:५३
प्रतिक्रिया