![जापानी राजदूतावासले मनायो राष्ट्रिय दिवस](https://himalpress.com/wp-content/uploads/2025/02/japan_embassy.jpg)
काठमाडौँ- नेपालस्थित जापानी राजदूतावासले जापानी सम्राटको ६५ औँ जन्मोत्सव एवं रािष्ट्रय दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दूतवासले स्वागत समारोहको आयोजना गरेर जापानी सम्राटको जन्मोत्वस एवं राष्ट्रिय दिवस मनाएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जापानका नवनियुक्त राजदूत माएदा तोरुले जापान र नेपालबीचको दीर्घकालीन सम्बन्धबारे चर्चा गरे। उनले दुई देशबीच सौहाद्रपूर्ण सम्बन्ध रहेको र आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
राजदूत तोरुले १९ औँ शताब्दीमा सुरू भएको कूटनीतिक सम्बन्ध सन् १९८७ मा सम्राटको नेपाल भ्रमणलगायत उच्चस्तरीय भ्रमणबाट थप प्रगाढ बन्दै गएको बताए।
आधा शताब्दीभन्दा बढी समयदेखि जापान र नेपालबीचको विकास सहयोगले दुई देशबीचको सम्बन्ध झनै गहिरो र हार्दिक भएको उनको भनाइ थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्रीहरू, पूर्वमन्त्रीलगायतका सहभागिता रहेको थियो।