अध्यादेश लोकतन्त्रको भावनाविपरीत : श्रेष्ठ

हिमाल प्रेस २६ माघ २०८१ १५:३७
24
SHARES
अध्यादेश लोकतन्त्रको भावनाविपरीत : श्रेष्ठ

पाल्पा– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावनाविपरीत रहेको भन्दै आलोचना गरेका छन्।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अलोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ छ।

विधिको शासन उल्लंघन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए। श्रेष्ठले केन्द्रले सदन र सडकबाट सशक्त ढंगले सरकारको खबरदारी गर्दै आएको बताए।

प्रकाशित: २६ माघ २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast