ललितपुरका मेयर र जापानी राजदूतबीच भेटवार्ता

हिमाल प्रेस २४ माघ २०८१ १९:३५
28
SHARES
ललितपुरका मेयर र जापानी राजदूतबीच भेटवार्ता

ललितपुर- ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि जापानी राजदूत माइडा तोरुबीच बिहीबार भेटवार्ता भएको छ।

राजदुत माइडा बिहीबार अपराह्न पुल्चोकस्थित महानगर कार्यालयमा पुगेका थिए। नेपाल र जापानबीचको सम्बन्ध स्थापित भएको अर्को वर्ष ७० वर्ष पुग्ने बताउँदै यो समयमा कार्यगत एकता गरेर अघि बढ्ने बताए।

महानगर प्रमुख महर्जनले आफ्नो कार्यकक्षमा जापानका राजदूत माइडा तोरुलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। २०७२ सालको भूकम्पमा भत्केका सम्पदा पुनर्निर्माणका लागि जापान सरकारले सहयोग गरेकोमा उनले धन्यवाद दिए।

जापान सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको बताउँदै महानगर प्रमुख महर्जनले यो मन्दिरको छिटै उद्घाटन गर्ने बताए।

प्रकाशित: २४ माघ २०८१ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast