काठमाडौँ- प्रतिनिधिसभा बैठकमा नेपाल विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणका लागि वितरण हुनुपर्ने आवाज उठेको छ। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग गरेका हुन्।
उनले भने, ‘नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधरणलाई सेयर जारी गर्नुपर्नेमा ४० वर्षदेखि जारी हुन सकेको छैन।’ उनले प्राधिकरणको झन्डै सात खर्ब पुँजी २० प्रतिशतका दरले मात्रै सेयर जनतामा वितरण गर्न सकेमा भने डेढ खर्ब रुपैयाँ जम्मा हुने अवस्था रहेको बताए।
केसीले भने, ‘यसो भएमा देशविदेशमा रहेका नेपाली जनताको साधन र स्रोत अरू ठूलो मझौला विद्युत् आयोजनामा उपयोग गर्न सकिने विषयमा राज्य मौन छ। ४० वर्षको कानुनअनुसार २० प्रतिशत सेयर वितरण गर्ने काम होस्।’
प्रकाशित: २४ माघ २०८१ १४:०३
प्रतिक्रिया