दीपक रौनियार निर्देशित ‘राजागंज’ काे टिजर सार्वजनिक

हिमाल प्रेस २३ माघ २०८१ १७:२८
6
SHARES
दीपक रौनियार निर्देशित ‘राजागंज’ काे टिजर सार्वजनिक

काठमाडौँ- दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ। बुधबार सार्वजनिक फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ।

फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तराष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेको छ। फिल्म गत कात्तिकमा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए।

आगामी चैत १देखि फिल्म हलमा लाग्नेछ। फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तनहाउस गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।

प्रकाशित: २३ माघ २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast